काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बैठक बस्न लागेको हो। बैठकमा रसुवामा गएको बाढीबाट उत्पन्न परिस्थितिका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ। त्यसैगरी, पार्टीको आन्तरिक संगठनलाई थप सुदृढ बनाउने विषय र आगामी राजनीतिक तथा संगठनात्मक कार्ययोजनामाथि पनि छलफल हुने जनाइएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवा बाढीपछि भइरहेको उद्धार तथा राहतका विषयमा पार्टीले आवश्यक निर्णय लिने तयारी गरेको छ।