काठमाडौं । भारतीय अभिनेता सोनू सूद बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले काठमाडौं आइपुगेका छन्।
बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा सहभागी हुन उनी मंगलबार काठमाडौं आएका हुन्। सूदले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल भ्रमण गरेको बताइएको छ।