काठमाडौं । राष्ट्रिय सभाको बैठक भदौ २३ गतेसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ २३ गते दिउँसो १ः१५ बजे बस्ने जानकारी दिएका हुन्। बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए।उनले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरे।विशेष वक्तव्यपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगित भएको घोषणा गरेका हुन्।