काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको भौतिक तथा मानवीय क्षति र प्रभावित क्षेत्रहरूमा भइरहेका उद्धार तथा राहत गतिविधिबारे राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएका हुन्।
सभापति लामिछानेले राष्ट्रपतिसँगको भेटअघि सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विपद् प्रभावित क्षेत्रमा सरकारका तर्फबाट भइरहेका कामकारबाहीबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको छलफलबाट प्राप्त तथ्य र जानकारीका आधारमा उनले राष्ट्रपति पौडेलसमक्ष समग्र अवस्थाबारे ब्रिफिङ गरेका हुन्।
बाढीपहिरोपछि उत्पन्न संकटपूर्ण स्थितिमा उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यहरूलाई थप प्रभावकारी र दु्रत बनाउनुपर्नेमा भेटका क्रममा छलफल भएको जनाइएको छ।