काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीसहित विभिन्न सुरक्षा तथा उद्धार टोली परिचालन भएका छन्। प्राविधिक टोलीका एसआई विकल्प परियारको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ।बाढीका कारण प्रभावित क्षेत्रमा भेटिएका शव व्यवस्थापनलाई प्राथमिकतामा राख्दै टोलीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ। साथै, सम्भावित प्रभावित तथा बेपत्ता नागरिकको खोजी कार्यसमेत जारी राखिएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै शव व्यवस्थापनको कामसमेत चुनौतीपूर्ण बनेकाले सुरक्षा टोलीहरू निरन्तर परिचालन भइरहेका छन्।