काठमाडौं । रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी छ।
सरकारले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिरहेको छ। यसैक्रममा गोर्खा ब्रुअरीले उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।उक्त सहयोग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउन, खोज तथा उद्धार कार्य सञ्चालन गर्न र प्रभावित परिवारको पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त आर्थिक सहयोगले प्रभावित नागरिकसम्म राहत पुर्याउने सरकारी अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।