काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीप शमशेर ज.ब.रा.को नेतृत्वमा नेपाल प्रहरीको विपद् व्यवस्थापन, खोज तथा उद्धार टोलीसहित विभिन्न विशेषज्ञ टोली रसुवातर्फ प्रस्थान गरेको छ।
बिहीबार बिहान रसुवाका लागि प्रस्थान गरेको टोलीमा खोज तथा उद्धारमा खटिने प्रहरी, चिकित्सक टोली, प्रहरी सञ्चार टोली, के–९ खोज तथा उद्धार टोली लगायत प्राविधिक तथा प्रशासनिक विशेषज्ञ टोली सहभागी छन्। विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन विशेष दक्षता भएका प्रहरी टोली परिचालन गरिएको हो। टोलीले प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, स्वास्थ्य उपचार, सञ्चार व्यवस्थापन तथा आवश्यक प्राविधिक सहयोगमा काम गर्नेछ।