काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आपत्कालीन बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले केही बेरमै परिषद्को बैठक बस्ने गरी आह्वान गरेको बताइएको छ। बैठकमा पछिल्लो विपद् अवस्था, सम्भावित जोखिम तथा तत्काल अपनाउनुपर्ने उद्धार, राहत र व्यवस्थापनका उपायबारे छलफल हुने अपेक्षा गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने कानुनी व्यवस्था छ। परिषद्ले विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति तथा योजना स्वीकृत गर्नुका साथै आवश्यक निर्णय र निर्देशन दिने अधिकार राख्छ।आपत्कालीन अवस्थामा विपद् प्रभावितको खोज तथा उद्धार, राहत व्यवस्थापन र सम्बन्धित सरकारी निकायबीच समन्वयलाई प्रभावकारी बनाउन परिषद्को बैठक महत्वपूर्ण मानिन्छ।