काठमाडौं। ठगीसम्बन्धी मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्न खोजेका छन्।
लालबहादुर राई नाम गरेका व्यक्ति मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका थिए। ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै उनले सुसाइड नोटसमेत लेखेको बताइएको छ।त्यसपछि भवनबाट हामफाल्न खोज्दा सुरक्षाकर्मीले समयमै उनलाई रोकेका छन्। सुरक्षाकर्मीले राईलाई सकुशल उद्धार गरेका छन्।राईले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए। मुद्दाको फैसला आफ्नो पक्षमा नआएपछि उनी निराश बनेर यस्तो कदम चाल्न पुगेको बताइएको छ।समयमै सुरक्षाकर्मीले उद्धार गरेपछि भने ठूलो दुर्घटना हुनबाट जोगिएको छ।