काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निजी भ्रमणका क्रममा पोखरा पुगेका छन्।
मुस्ताङतर्फ जाने क्रममा उनी शुक्रबार दिउँसो स्थलमार्ग हुँदै पोखरा पुगेका हुन्। पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरा नजिकैको अस्ताम गाउँमा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। निजी भ्रमणका क्रममा उनी केही समय पोखरामा रहने र त्यसपछि मुस्ताङतर्फ जाने बताइएको छ। प्रधानमन्त्री शाहको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उनको बसाइलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन्। प्रधानमन्त्री बनेपछि शाहको यो निजी भ्रमणलाई चासोका साथ हेरिएको छ। पोखरामा उनको आगमनसँगै स्थानीयवासी तथा उनका समर्थकहरूमा समेत चासो बढेको देखिएको छ।