काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो। रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सरकारको कामकारबाही तथा पार्टीको संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन पार्टीका मन्त्री तथा सांसदलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको उनले जानकारी दिए।