धनगढी । नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा प्रदेशसभाको बैठकबाट पदमुक्त भएको छन् । लगातार २७ वटा बैठकमा कुनै पूर्वसूचनाविना अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले मङ्गलवार उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार देउवाले संसद्मा कुनै जानकारी नगराई अनुपस्थित रहेकाले नेपालको संविधानको धारा १८० को उपधारा (घ) बमोजिम यो कदम चालिएको हो।
काङ्ग्रेस सांसद देउवा विगत ११ महिनादेखि अमेरिकामा रहँदै आएका छन्। लगातार सूचनाविना अनुपस्थित रहँदै आएकाले संसद् सचिवालयको अभिलेखअनुसार देउवा लगातार २७ बैठकमा अनुपस्थित भएको पुष्टि भएपछि सभामुखले उनलाई पदमुक्त गर्ने निर्णय गरेका जनाएका छन् ।