काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।