विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा सरकारमा सहभागी हुन लागेको हो। ९ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमालेले राख्नेछ भने नेकपाले ४ मन्त्रालय पाउनेछ।
नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि नाम छनोटका लागि नेताहरूबीच छलफल भइरहेको छ। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आजै मन्त्रीको टुंगो लगाइनेछ।
मन्त्रीको नाम तय भएपछि आज दिउँसो ३ बजेपछि शपथ गराउने तयारी गरिएको छ।