काठमाडौँ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच भेटवार्ता भएको छ।
भेटमा आङ्देम्बेको चीन भ्रमण, गैरआवासीय नेपाली सङ्घ एनआरएनए को एसिया क्षेत्रीय सम्मेलन र नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।आङ्देम्बेले जनस्तरसम्म नेपाल–चीन सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका थिए भने राजदूत माओमिङले सम्बन्ध सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच भेटवार्ता भएको छ। बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा आङ्देम्बेको शुक्रबार हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली संवत् अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली सङ्घ एनआरएनए को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनको सहभागितामा मात्र सीमित नराखी नेपाल चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबिचको सम्बन्धबारे थप बुझ्ने अवसरका रूपमा लिएको बताएका थिए। उनले नेपाल चीन सम्बन्धलाई सरकार९सरकारको सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए । राजदूत माओमिङले पनि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए ।