काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
उनले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा स्टे अर्डर नरहेको स्पष्ट पार्दै देउवा नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।कोइरालाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि संवादबाट समाधान गर्दै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्ने प्रयास जारी रहने बताए। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।