काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ः१५ बजे बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पेस गर्ने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।