काठमाडौं ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले बहालवाला सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अधिकारीले पदबाट राजीनामा दिनुभएको हो।निजामती किताबखानाका अनुसार भदौ ४ गते अवकाश हुन लागेका सचिव अधिकारीले एक साताअघि नै राजीनामा दिनुभएको थियो।सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।