काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्ना सांसदहरूका लागि साउन २९ देखि ३१ सम्म प्रशिक्षण दिने भएको छ ।
संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि यो प्रशिक्षण आयोजना गरिएको हो ।यसअघि दुई पटक प्रशिक्षण दिइए पनि अपुग भएको भन्दै पार्टीले तेस्रो पटक यो कार्यक्रम राखेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले साउन २९–३१ सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ । संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।धितालका अनुसार ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको उनको भनाइ छ । पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने धितालले बताइन् ।