काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ ।
सर्वोच्चले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने आफ्नो पूर्वफैसलामा पुनरावलोकनको ढोका खोलेको हो ।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षले यसअघिको फैसलामाथि पुनरावलोकन हुनुपर्ने माग गर्दै दायर गरेको निवेदनमा सर्वोच्चले बिहीबार निस्सा प्रदान गरेको हो ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनरावलोकनको अनुमति दिएको हो । अब उक्त मुद्दा पूर्ण इजलासमा सुरुदेखि नै सुनुवाइ हुनेछ ।