काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको समग्र सुधार तथा पुनरावलोकनका लागि अध्ययन गरी सुझाव पेस गर्न एक विशेष समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेका हुन्। गठित समितिको सदस्यहरूमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।
उक्त समितिलाई बिमा क्षेत्रको विद्यमान अवस्था, समस्या र सुधारका उपायहरूबारे गहन अध्ययन गरी प्रतिवेदन पेस गर्न ९० दिन (तीन महिना) को समयसीमा तोकिएको छ। समितिले दिएको सुझावका आधारमा आगामी दिनमा बिमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नीतिगत तथा संरचनागत सुधारका कामहरू अघि बढाइने जनाइएको छ।