काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
दल त्याग गरी पार्टीको विधान विपरीत कार्य गरेको भन्दै एमाले केन्द्रीय सचिवालयको निर्णयका आधारमा आयोगले उनीहरू निर्वाचित भएको पद रिक्त भएको सूचना जारी गरेको हो ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पार्टीको सिफारिसको आधारमा निर्णय लिएको सूचनामाा जनाएको छ । पदमुक्त भएकाहरूमा एकजना मेयर, ४ वडाध्यक्ष र १ जना वडा सदस्य छन् ।
पदमुक्त भएकाहरूको विवरण-
१. प्रेमलाल शाह कानु: नगर प्रमुख, देवाही गोनाही नगरपालिका, रौतहट ।
२. राम प्रवेश प्रसाद कुर्मी: वडा अध्यक्ष (वडा नं. ४), देवाही गोनाही नगरपालिका, रौतहट ।
३. योगेन्द्र प्रसाद सुवेदी: वडा अध्यक्ष (वडा नं. ३), बेलबारी नगरपालिका, मोरङ ।
४. दल बहादुर राना: वडा अध्यक्ष (वडा नं. १०), भेरी नगरपालिका, जाजरकोट ।
५. दिनेश कुमार राई: वडा अध्यक्ष (वडा नं. १४), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ ।
६. प्रदीप आचार्य: वडा सदस्य (वडा नं. ४), खोटेहाङ गाउँपालिका, खोटाङ ।