काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको हो। भेटवार्तापछि गृहमन्त्री गुरुङ आजै सुनसरी प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईँका अनुसार प्रधानमन्त्रीसँगको आवश्यक परामर्श र सल्लाहपछि गृहमन्त्री सिंहदरबारबाट बाहिरिएका छन् । “प्रधानमन्त्रीज्यूसँग केही समय परामर्श गरी गृहमन्त्रीज्यू निस्किनुभएको छ, उहाँ आजै सुनसरी जाँदै हुनुहुन्छ,” बजगाईँले जानकारी दिएका छन् ।