बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ ।
बिहीबार (साउन १४) काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलपछि पदमा आफूलाई नै निरन्तरता दिने सहमति भएको उनले जिकिर गरे ।
मुख्यमन्त्री आचार्यले अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक छलफल गरी छिटै नयाँ सरकार विस्तारको प्रक्रिया अघि बढाइने बताएका छन् ।
नेपाल कांग्रेसले सरकार दिएको समर्थन यसअघि फिर्ता लिएको थियो । एमाले–नेकपाको गठबन्धनबाट अब नयाँ सरकार गठनको तयारी भइरहेको छ ।