काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन शाह) संयुक्त राष्ट्र सङ्घको आगामी ८१ औँ महासभामा सहभागी नहुने भएका छन् । आगामी महिना आयोजना हुने महासभामा प्रधानमन्त्री स्वयम् नजाने भएका हुन ।
प्रधानमन्त्रीको अनुपस्थिति रहने भएपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।
संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभा सन् २०२६ को सेप्टेम्बर महिनामा आयोजना हुँदै छ। महासभाको औपचारिक उद्घाटन आगामी सेप्टेम्बर ८ (तदनुसार भदौ २४ गते) हुने कार्यक्रम रहेको छ।
त्यस्तै, महासभाअन्तर्गतको उच्चस्तरीय सामान्य बहस आगामी असोज ६ गतेदेखि सुरु हुने कार्यतालिका छ। परराष्ट्रमन्त्री खनालले सोही उच्चस्तरीय बहसमा नेपालको तर्फबाट आधिकारिक धारणा राख्ने छन् ।