काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ः०० बजे बैठक आह्वान गरिएको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार आजको बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा महत्त्वपूर्ण निर्णयहरू हुनेछन्।