काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन ।
भेटका क्रममा मुलुकको समसामयिक विषय, पछिल्लो राजनीतिक घटनाक्रम तथा विशेष गरी सुनसरीमा घटेको घटना र त्यसपछिको परिस्थितिबारे छलफल भएको छ।
सो अवसरमा सभापति लामिछानेले सुनसरी घटनाका सन्दर्भमा राजनीतिक दलहरूबिच भएको छलफल तथा बुधबार बिहान डाकिएको सर्वदलीय बैठकका निष्कर्षहरूबारे राष्ट्रपतिलाई अवगत गराएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटमा मुलुकमा शान्ति सुरक्षा कायम राख्न, सामाजिक सद्भाव नभड्काउन र संवेदनशील परिस्थितिमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो।