काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक बोलाएको रास्वपा महामन्त्री विपिन आचार्यले बाताएका छन् ।
छलफलमा सदनमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई बोलाइएको छ ।
असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्तिसुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको आचार्यले बताएका छन् ।
बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी छन् ।