काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन्।
पुष्पलाल मित्रता केन्द्रले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सरकार मुख्य कुरा नभएको प्रस्ट पारेका हुन् ।
“सरकार हाम्रो लागि मुख्य कुरा होइन । साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने हाम्रा लागि मुख्य कुरा हो,” प्रचण्डले भने, “अहिले झमेला आइलागेको छ । प्रदेशमा कांग्रेस र एमालेको सरकार छ ।”
सरकार चलाइराख्नुस् भन्दाभन्दै कांग्रेसमा देखिएको ‘रडाको’ले बजेट पास गर्नै नसक्ने स्थिति आएपछि प्रदेश नै बर्बाद हुन नदिने बाध्यता आएको उनको भनाइ छ ।