काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।
भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा सोमबार भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्नुका साथै भारतीय समकक्षी तथा न्यायिक क्षेत्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानन्यायाधीश शर्माको भ्रमण दलमा उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेतीसमेत सहभागी छन्। भ्रमण पूरा गरी उनी आगामी साउन ११ गते स्वदेश फर्किने कार्यतालिका रहेको सर्वोच्च अदालतले जनाएको छ।
