काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति पनि छानबिन हुने बताएका छन्।
'जनता जान्न चाहन्छन्' कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको अन्तर्वार्ताका क्रममा सांसद कार्कीले यस्तो बताएका हुन्।
'पूर्व मेयरका रूपमा बालेन्द्र शाहको पनि सम्पत्ति छानबिन हुन्छ' पत्रकार थपलियाको प्रश्नको जवाफ दिँदै उनले भने, 'यसअघि सांसद, मन्त्री भएका रास्वपाका नेताहरूको पनि छानबिन हुन्छ।'
सांसद कार्कीले बालेनको नेतृत्वमा रहेको सरकारबारे विभिन्न खुलासा समेत गरेका छन्। अन्तर्वार्ताका क्रममा उनले अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेको घुमाउरो तरिकाले विरोध पनि गरेका छन्।
सांसद कार्कीले यी विषयमा थप के भने? हेर्नुहोस्, पूरा अन्तर्वार्ता।
: