काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्। तीन दिने भ्रमणको लागि बुधबार प्रचण्ड श्रीलंका प्रस्थान गरेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार संयोजक प्रचण्डले श्रीलङ्काको कोलम्बोमा आयोजित क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागिता जनाउनेछन्। अन्तर्राष्ट्रिय सम्मेलन भोलि र पर्सी हुनेछ।
उनले भने, ‘आज उहाँ श्रीलंका प्रस्थान गर्नुभएको छ। कार्यक्रम सकेर चौथो दिनमा नेपाल आइपुग्नुहुनेछ।