काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले सामाजिक सञ्जालमा आफ्नो विषयमा गरिएका ‘ट्रोल’ कारण आफू मानसिक रूपमा गम्भीर विक्षिप्त बनेको र त्यसकै दबाबमा परेर दुई पटकसम्म आत्महत्याको प्रयास गरेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकको सुन्ने समयमा बोल्दै सांसद थपलियाले उक्त विषयमा जानकारी दिएका हुन् ।
संसद्मा बोल्दै सांसद थपलियाले आफू र अर्की सांसद वासना थापाले सरकारको गलत नीति र कार्यशैलीको विरोध गर्नका लागि एउटै मञ्च र विषयमा सामूहिक रूपमा कुरा राखेको बताईन् । तर, सोही विषयलाई लिएर सामाजिक सञ्जालमा आफूहरूमाथि निकै तल्लो स्तरमा ओर्लिएर खिल्ली उडाउने, चरित्र हत्या गर्ने र मानसिक यातना दिने गरी ’ट्रोल’ बनाएको उनले बताएकी छन् ।
सोही कारण आफुले आत्मा हत्याको प्रयास गरेको बताईन् । उनले भनिन् “त्यो मानसिक तनाव सहन नसकेर मैले यो बीचमा दुई पटकसम्म आफ्नो जीवन नै समाप्त पार्ने (आत्महत्याको) प्रयास गरेँ।”