काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेवानि) को सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई यो दोहोरो र शक्तिशाली जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता मन्त्री पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले निगमको नेतृत्वमा रहेको अन्योलता अन्त्य गर्दै श्रेष्ठलाई कार्यकारी भूमिका सुम्पेको हो। बैठकको निर्णयमा भनिएको छ, “नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।”