काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको बताएका छन्। मंगलबार संसदमा बोल्दै सांसद सिंहले सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिने बताए ।
‘आज हाम्रो राज्य संकटमा छ, तर, संसदबाट यो भाष्य नबनाऊँ भने, जो हिजो जो प्रतिपक्षमा थियो, तर, जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला, आज देशमाथि संकट छ, जनतामाथि संकट छ, चारैतिर व्यवसायीदेखि लिएर, नागरिकदेखि लिएर युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ’, उनले भने ।
सांसद सिंहले संसदबाट निराशा नबाँड्न भन्दै संसदभित्रका सबै दल एक भएर राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताए ।
‘हामी यो निराशा नबाढौँ, हामी यसको समाधान गरौँ, बरु मिल्छ भने सभामुखज्यूलाई म आग्रह गर्न चाहन्छु, यहाँ संसदभित्र उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ, जनतालाई भनौँ हामी सम्पूर्ण दल मिल्यौँ भने मात्र यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ, देशको नैराश्यता हट्न सक्छ’, उनले भने ।