काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारी वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले सम्हाल्दै आएका थिए। सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था परिवर्तन गरेपछि काउन्सिलका अध्यक्षसहित सबै पदाधिकारी पदमुक्त भएका थिए।
नयाँ नियुक्तिसँगै प्रेस काउन्सिलको नेतृत्वमा पुनः पदपूर्ति भएको छ।