काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार चार घण्टाभन्दा बढी समय छलफल भएको छ।
बालेन शाह बिहान करिब ११ः१५ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। उनी दिउँसो करिब ३ः१५ बजे मात्रै त्यहाँबाट बाहिरिएका थिए।स्रोतका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रम, सुकुम्बासी समस्या तथा रास्वपाको संगठन विस्तारलगायत विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषय पनि उठाइएको बताइएको छ। यसअघि नै बालेन शाहलाई रास्वपाको वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा सहमति भएको चर्चा भइरहेका बेला दुवै नेताबीचको लामो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।