काठमाडौं। नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकका सांसद सुव्वाले सूरको प्रकृति र गम्भीरतालाई ख्याल नगरी हचुवाका भरमा गरिएको जरिवाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।
उनले नेपालीको मृत्युले राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि पनि गम्भीर प्रश्न उठेको धारणा राखिन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले माग गरिन् ।
साथै सांसद सुव्वाले नयाँ र पुरानोबीच कृत्रिम विभाजनको भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइन् ।