काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफूहरूले भ्रष्टाचारको व्याख्या समेत परिवर्तन गरेको बताएका छन्।
राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही हुने बताए।
उनले भने, ‘हामीले खरिद ऐनमा स्पष्ट रूपमा काम ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही गर्ने व्यवस्था गरेका छौँ। भ्रष्टाचारको व्याख्या परिवर्तन गरेका छौँ। पहिलाको भ्रष्टाचारको व्याख्यामा पैसा लेनदेन गरेको कुरालाई बढी फोकस गरेको थियो। अहिलेको खरिद ऐनले काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मानेको छ।’
काममा जति ढिला हुन्छ त्यति धेरै राज्यको दायित्व बढ्ने र जनताले पनि दुःख पाउने बताए। उनले अब कलम चलाएन भने पनि भ्रष्टाचारको मुद्दा लाग्ने प्रावधान ल्याउने बताए।
उनले मन्त्रालयमा काम गरेको चार पाँच वर्षसम्ममा पनि ठेकेदारले पैसा दिएन भनेर आइरहेको बताए।