काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले पदभार ग्रहण गरेपश्चात् मन्त्रालयले आफ्नो १०० दिनका महत्त्वपूर्ण कार्य तथा उपलब्धिहरूको विवरण सार्वजनिक गरेको छ। २०८२ साल चैत्र १३ गते पदबहाली गरेकी मन्त्री बादीको १०० दिने कार्यकालमा महिला सशक्तीकरण, बाल अधिकार, ज्येष्ठ नागरिक सेवा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणलाई प्राथमिकतामा राखी नतिजामुखी कार्यहरू सम्पादन भएको विवरण सार्वजनिक गरिएको छ ।
मन्त्रालयले १०० दिनमा सम्पादित कार्यको सूची सार्वजनिक गरिएको छ । जसमा मन्त्री सिता बादीले आफ्नो कार्यकालको १०० दिनमा मुख्य काम नीति, कानून तथा कार्यविधि तर्जुमा, शासकीय सुधार र डिजिटल रूपान्तरण, सामाजिक संरक्षण र आकस्मिक उद्धारमा लगायतमा शीर्षकमा सरकारले विभिन्न काम गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मौजुदा कानूनको समसामयिक संशोधन र नयाँ नीति तर्जुमालाई तीव्र गतिमा अघि बढाएको जनाएको छ । ’लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानून’ को अवधारणापत्र तयार गरी रायका लागि अर्थ मन्त्रालय पठाइएको छ। साथै, ’लैङ्गिक हिंसा निवारणका लागि राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको दैनिक प्रशासनिक कार्यहरूलाई पूर्ण रूपमा ’एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’ मार्फत हुने व्यवस्था गरिएको साथै, सरकारी कार्यालयका वेबसाइटहरू दृष्टिविहीन व्यक्तिहरूका लागि समेत पहुँचयुक्त बनाइएको छ।
यस्ता छन् मन्त्रालयका मुख्य उपलब्धिहरू