काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताएको छ ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले आइतबार प्रतिनिधिसभा बैठकमा लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतिर धकेल्न सक्ने चेतावनी दिए ।
चितवनको सौराहामा पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा रास्वपा र सभापति रवि लामिछानेलाई बधाई दिँदै दुलालले सो पार्टीको नीति र नियतमाथि प्रश्न उठाए ।
सांसद दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछु भनेर मत माग्ने र जितेपछि तिनै संरचना खारेजीको नीति लिनु जनताप्रति बेइमानी भएको बताए ।