चितवन । रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई अन्य २ उम्मेदवारले समर्थन गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार, महामन्त्रीमा विपिनसँगै प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली र सागर ढकालले उम्मेदवारी दिएका थिए ।
तीमध्ये प्रमोद न्यौपाने र गणेश पराजुलीले विपिनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।त्यसअघि कविन्द्र बुर्लाकोटी, जगदीश खरेल र शिशिर खनालले पनि उम्मेदवारी लिएका थिए । उनीहरुले पनि विपिन आचार्यलाई नै आफ्नो समर्थन रहेको बताएका छन् । महामन्त्रीका अर्का उम्मेदवार राजुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
अब महामन्त्रीमा ५ उम्मेदवार कायम रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, महामन्त्रीमा विपिन आचार्य, मनिष झा, रन्जु दर्शना, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् ।