काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा डा. तोशीमा कार्की र सोबिता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टीको निर्वाचन आयोगले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्दा महिला उपसभापति पदमा कार्की र गौतमको नाम समावेश गरिएको हो।
महिला उपसभापति पदमा सहमति नजुटेपछि अब उक्त पदका लागि निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।