चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापति (पुरुष)मा डा. वाग्लेको मात्रै उम्मेदवारी परेको हो । यसअघि पार्टीका नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने बताएका थिए । तर श्रेष्ठ पछि हट्दै आफैँ डा. वाग्लेको प्रस्तावक बसेका हुन् ।