चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ ।
सभापतिसहित ९९ सय जना केन्द्रीय सदस्यको निर्वाचन सकिए पनि २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीका लागि नवनिर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा मतदान गरेर छान्न बाँकी नै छ ।
केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मतदाताहरू समेत तितरबितर भएको अवस्थामा सहमतिबाट पदाधिकारी छान्ने प्रयासमा नेताहरू लागेको बताइएको छ ।
रास्वपाका शीर्ष नेताहरू सकभर सहमतिमै पदाधिकारी छनोट गर्ने प्रयासमा लागेको नेताहरूले बताएका छन् । नेता शिशिर खनाल र विपिन आचार्यले सहमतिको प्रयास भइरहेको बताए ।
यद्यपि, सहमति नभए आजै अपराह्न चार बजे पदाधिकारीका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए ।