काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ ।
रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि अपराह्न ४ बजेबाट मतदान सुरु हुनेछ । रास्वपाको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
९९ केन्द्रीय सदस्य चयनका लागि भएको मतदान भने सकिएको छ ।