काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।
केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्नको लागि प्रतिनिधि तोकिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।

