काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनसम्बन्धी आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा नागरिक अधिकार र सुरक्षा निकायको परिचालनका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरूलाई समेटेर आयोगले यो विस्तृत प्रतिवेदन तयार पारेको हो।
बुधबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा देखिएका कमीकमजोरी, घटनाको विस्तृत विश्लेषण, आयोगको निर्णय र सरकारले तत्काल सुधार्नुपर्ने कदमहरूका बारेमा विभिन्न महत्वपूर्ण सिफारिसहरू समावेश गरिएका छन्।