काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन्।
प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए। बजेट प्रस्तुत गर्नु अगावै देशको समग्र आर्थिक सूचकहरूको अवस्था झल्काउने गरी यो सर्वेक्षण ल्याइएको हो।
संसद्मा प्रतिवेदन टेबुल भएसँगै यस वर्षको आर्थिक नीति, उत्पादन, रोजगारी, वैदेशिक व्यापार र वित्तीय क्षेत्रको विस्तृत विवरण पनि सार्वजनिक भएको छ।