जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार भएको हो ।
पाँच मन्त्रीले शपथ लिएका छन् । नेकपा एमालेका मोहम्मद समीरलाई भौतिक पूर्वाधार मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेकपा एमालेका लखन दासलार्य खेलकुद तथा समाज कल्याण मन्त्रालय, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, मनोजकुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कांग्रेसका नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली कांग्रेसका जंगीलाल राई यादव थिए । गएको शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिएका थिए । तर, सत्तारूढ दल नेकपासँग मन्त्रालय बाँडफाँटको सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
वैशाख २३ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि सत्ता समीकरण फेरिएको हो ।